८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अग्नि पीडितलाई १० लाख बढीको राहत

ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङस्थित दोभान बजारका अग्नि पीडितलाई ग्रुप फर टेक्निकल असिष्टेन्ट(जिटिए) संस्थाले १० लाख रुपैयाँ बढीको राहत सामग्री वितरण गरेको छ। गाउँपालिकाको समन्वयमामा ती सामग्री वितरण गरिएको संस्थाका व्यवस्थापन समिति सदस्य सुर्दशन दाहालले जानकारी दिए।

पीडित ६६ परिवारका सदस्यलाई प्रतिपरिवार ३–३ थानका दरले झुल १–१ थान, बाल्टी ३–३ थान, स्यानीटरी प्याड ४–४ थान, सर्बोत्तम लिटोको प्याकेट १–१ थान, साबुन राख्ने भाँडा ३–३ थान, साबुन २–२ थान, ओड्ने ब्लाङकेट ४–४ थान, भेष्ट र मास्क वितरण गरिएको छ।

यस्तै पीडित परिवारका प्रत्येक विद्यार्थी सदस्यलाई विद्यालय पोशाकसहित शैक्षिक सामाग्री पनि वितरण गरिएको दाहालले बताए। विद्यार्थीलाई जुत्ता, झोला, जमेट्री बक्स, डटपेन, पेन्सिल र एबीसी पोष्टर सहितका शैक्षिक सामग्रीसमेत वितरण गरिएको संस्थाले जनाएको छ।

यस्तै पीडित प्रत्येक परिवारलाई ३ हजार ६ सय ६६ रुपैयाँका दरले नगदसमेत वितरण गरिएको संस्थाले जानकारी दिएको छ। सामुहिक रुपमा प्रयोग गर्न मिल्ने गरी १ हजार लिटर क्षमताका स्ट्याएण्ड सहितको ५ थान खानेपानीको ड्रम, र हात धुने केन्द्रसमेत स्थापनाका लागि सामग्री वितरण गरिएको छ।  

गिभ टु एशियाको सहयोगमा यो राहत सामग्री वितरण गरिएको जिटिएका व्यवस्थापन समिति सदस्य दाहालले बताए। मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूको उपस्थितिमा उनैमार्फत राहत सामग्री वितरण गरिएको जिटिएले जानकारी दिएको छ।

प्रकाशित: २५ असार २०७८ ०८:३१ शुक्रबार

अग्नि पीडित गाउँपालिका