२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घर भत्किँदा तीन महिने शिशुको मृत्यु

दाङमा घर भत्किएर च्यापिँदा एक शिशुको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा घर भत्किँदा च्यापिएर तीन महिनाकी शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।  

अबिरल वर्षाका कारण घर भत्किँदा क्वाडी निवासी मनिषा चौधरीकी तीन महिनाकी छोरी बिन्दुको मृत्यु भएको प्रहरीले जनाएको छ। बिन्दुको घटनास्थलमै मृत्यु भएको हो। घर भत्कँदा मनिषा र उनकी ९ वर्षीया अर्की छोरी बाटुली घाइते भएका छन्। उनीहरुको राप्ती स्वास्थय बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ। बिहीबार बिहान उनीहरु भित्रै बसिरहेको बेला घर भत्किएको थियो।

प्रकाशित: २४ असार २०७८ ०९:५९ बिहीबार