४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

उदयपुरमा बोलेरो दुर्घटनामा परी एक यात्रुको निधन भएको छ। बिहीबार विहान २ बजेको समयमा कटारीबाट गईरहेको प्र २–०१–००१ च ००५० नम्बरको बोलेरो जिप ताप्ली गाउँपालिका–५ दुधेस्थित भित्री सडकमा दुर्घटनमा पर्दा ताप्ली–५ का २५ वर्षीय रमेश नेपालीको निधन भएको हो।  

वर्षाले हिलाम्य भएर चिप्लो सडकमा जिप उकालो चढ्न नसकेपछि ओर्लने क्रमममा नेपालीलाई जिपको पछाडिको पाङ्ग्राले किच्दा गम्भीर घाइते भएका थिए। कम्मरमुनिको भागमा जिपले किचेर घाइते उनलाई तत्काल उद्धार गरी उपचारार्थ कटारी अस्पताल पठाइएकोमा उपचारको क्रममा विहान ७ः३० बजे निधन भएको हो।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार पोष्टमार्टमको तयारी भईरहेको छ। चालक फरार रहेकाले खोजी भईरहेको छ भने जिप घटनास्थलमै रहेको इप्रकालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २४ असार २०७८ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App