२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

अपांगता भएका तथा विपन्नलाई सहयोग

कोभिड–१९ का कारण जारी निषेधाज्ञा तथा गरिबीका कारण दुःख पाइरहेका करिब १०० परिवारलाई चामल, नूनलगायत खाद्यान्न सहयोग गरिएको छ । मिराइ ग्लोबल एजुकेसन एन्ड भिसा सर्भिस नेपालको सहयोगमा स्थानीय समाजसेवी युवा अनिल बानियाँले यस्तो सहयोग उपलब्ध गराएका हुन् । यसरी सहयोग पाउनेमा २५ जना अपांगता भएका व्यक्ति रहेका अनिलले जानकारी दिए । सहयोग पाउनेमा अधिकांश खत्याड गाउँपालिकाका छन् ।

पछिल्लो पटक वडा नं. ८ स्थित नुवाखेत र ठाम्लेकमा राहत बाँडेका अनिलले भने– बाटो धेरै खराब भएकाले ५ घण्टा हिँडेरसमेत राहत बाँड्यौँ । सँगै औषधि र मास्क पनि वितरण गरेका छौँ । यस्तो सहयोग उमेश खड्का र दीपक सिग्देलका कारण सम्भव भएको पनि उनले बताए ।

यसै गरी हामी नेपालको सहयोगमा मुगुकै दुर्गम बस्ती खर्क र रोल गाउँका गरिब, अनाथ बालबालिका, अपांगता भएका तथा दलित परिवारलाई सय बोरा चामल वितरण गरिएको पनि बानियाँले जानकारी दिए । दुःख पाएका अन्यत्रका बासिन्दाबाट पनि थप माग आइरहेकाले अझै आफू त्यस्ता परिवारलाई खाद्यान्न र औषधि वितरण गर्न सहयोग जुटाउने क्रममा रहेको बानियाँले बताएका छन् ।

प्रकाशित: २३ असार २०७८ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App