७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सुजिता भण्डारी मृत्यु प्रकरणः कांग्रेसद्वारा दोषीलाई कानूनी कठघरामा उभ्याउन माग

नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढङ्गले भएको मृत्युले गम्भीर आशङ्का जन्माएको जनाएको छ। नौ दिनसम्म नभेटिनु, कसैको नियन्त्रण वा अपहरणमा परेको सूचना दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा ती युवतीको जङ्गलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका छन्। मुलुकका विभिन्न भागमा महिला उपर अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटक–पटक भएको उल्लेख गर्दै उनले विज्ञप्तिमा यो प्रवृत्तिलाई निरुत्साहित गर्न र सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्श गर्न जरुरी भइसकेको भनेकाम छन्।

उनले यस्ता घटनाहरुको गहिरो अनुसन्धान र कार्वाहीका लागि राज्य प्रशासनको गम्भीर तदारुकता पनि झनै विशेष बन्न र बनाउन अत्यावश्यक भएको उल्लेख गरे। उनले चितवनको घटनाको गहिराईमा पुगेर अनुसन्धान गर्न माग गर्दै यसमा सबैको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: २१ असार २०७८ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App