१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोले पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

फाइल तस्बिर

अविरल वर्षासहित गएको पहिरोले पृथ्वी राजमार्ग र मुग्लिन–नागरायणगढ सडकखण्ड अवरुद्ध  भएको छ। लेदोसहित खसेको पहिरोले राजमार्गका विभिन्न ठाउँ अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी चौकी जोगिमाराका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० जोगिमारामा तीन ठाउँमा पहिरो गएको बताए।  

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० तिग्राङखानीदेखि जवाङखोलासम्म तीन ठाउँमा राजमार्ग अवरुद्ध भएको जोगिमाराका प्रहरी सहायक निरीक्षक हरि नारायण यादवले जानकारी दिए । ‘बुधबार बेलुकीदेखि नै परेको पानीले राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको छ,’ उनले भने ‘आज बिहानै पहिरो पन्छाउने काम भएपनि पुनः पहिरो गएका कारण दुईतर्फि नै बन्द छ।’ लगातार पानी परिरहेका कारण लेदो हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

त्यस्तै मुग्लिन–नारायणगढ सडकखण्ड पनि पहिरोका कारण बिहानैदेखि अवरुद्घ छ । इच्छाकामना गाउँपालिका वडा नं ३ को घोप्टेभिर, वडा नं ५ को दुई नम्बर पुल, वडा नं ६ को पाँचकिलो र आसपासमा झरेको पहिरोले दुईतर्फी सडक अवरुद्ध भएको मुग्लिन प्रहरीका प्रहरी निरीक्षक सूर्य बहादुर ज्वालाले जानकारी दिए। पहिरोका कारण राजमार्ग अवरुद्ध हुदाँ सवारीसाधन रोकिएका छन्।

प्रकाशित: १७ असार २०७८ ०५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App