१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

महिलामाथि दूर्व्यवहार गर्ने एक पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरले महिलामाथि दूर्व्यवहार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

प्रहरीले भक्तपुरको कमलविनायक टाउन प्लानिङबाट रामेछाप सुनापति गाउँपालिका वडा नं. ५ रुपाकोट घर भई हाल भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक बसिरहेका चमार सी. तामाङलाई पक्राउ गरेको हो।

मंगलबार पक्राउ गरेका उनीविरुद्ध बुधबार मुद्दा दायर गरिएको छ। ३६ वर्षका तामाङविरुद्ध सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने मुद्दा समेत दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

उनीविरुद्ध चारजना पीडित महिलाहरुले जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ। आरोपी तामाङले गत ४ गते सूर्यविनायकदेखि जगातिसम्म जाने जाने क्रममा अरनिको राजमार्गकै आदर्श नजिक विपरीत दिशाबाट आउँदै गरेको अल्फाबेट नखुलेको ९५७३ नम्बरको मोटरसाइकलमा आएका पुरुषले बाटो छेकी अश्लिल शब्द प्रयोग गर्दै भक्तपुरका एक महिला पत्रकारलाई समेत दूर्व्यवहार गरेका थिए।

सो दूर्व्यवहारको भत्सर्ना  गर्दै नेपाल पत्रकार महासंघ भक्तपुरले दोषीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न माग समेत गरेको थियो।

प्रकाशित: १६ असार २०७८ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App