१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

रसुवागढी नाका जोड्ने सडक ६ दिनपछि सञ्चालन

फाइल तस्बिर

रसुवागढी नाका जोड्ने सडक ६ दिनपछि सञ्चालनमा आएको छ। स्याफ्रु रसुवागढी सडक खण्डमा झरेको पहिरो पन्छाउने काम सकिएसँगै सडक सञ्चालनमा आएको हो। पहिरोले सडक पुरै लगेपछि ब्लाष्टिङ गरेर सडक सञ्चालनमा ल्याइएको हो।  

स्याफ्रु रसुवागढी सडकखण्डको लिङलिङमा गएको पहिरो पन्छाउने काम सकिएसँगै सवारी साधन सञ्चालन हुन थालेका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। सडक सञ्चालनमा आएसँगै ४५ वटा कन्टेनर काठमाडौंतर्फ पठाइएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए। 

अन्य क्षेत्रमा झरेको पहिरो पनि पन्छाइएको र अहिले रसुवाखण्डमा सडक अवरोध नभएको उनको भनाइ छ।नाका जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेसी सडक भने एक साताअघिबाट नै बन्द भएको छ। उक्त सडक बर्खा सकिएपछि मात्र सञ्चालनमा ल्याइने छ। 

प्रकाशित: ६ असार २०७८ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App