१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सदरमुकाममा उच्च सावधानी, गाउँमा चरम लापरबाही

जुम्लाका ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैलन नदिनको लागि पालना गर्नु पर्ने कुनैपनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको भेटिदैन । घरबाहिर निस्कदा मास्कको प्रयोग हुँदैन । घरमा आउँदा नियमित साबुनपानीले हात धुने गरेको भेटिदैन । खेतिकिसानीको काम गर्दा सामाजिक दुरी कायम गरिएको हुँदैन ।

जताततै भिडभाड र लापारबाही बढिरहेको छ । स्थानीय सन्देश कुमार खत्री गाउँमा चरम लार्पवाही बढेको बताउँछन । उनले भने,‘एक साता अघि सम्म घरघरमा ज्वरोको बिरामी थिए । अहिले सबै निको भइसके । उनीहरुले निकै खेलाँची गरिरहेका छन ।’

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । गाउँमा न निषेधाज्ञाको पालना गरिएको छ,नत निषेधाज्ञा गरिएको बारेमा जानकारी नै । उनले भने,‘गाउँगाउँमा विकासे कामहरु भइरहेका छन । एक गाउँ देखि अर्को गाउँमा गएर खेतिकिसानीको काम भइरहेका छन । गाउँमा जमघट हुने,भिडभाड गर्ने देखि मन्दिरमा देवताको पुजा गर्ने र सामुहिक रुपमा छलफल भइरहेका छन । ’  

उनले भने,‘गाउँतिर कोरोनाका हटस्पट सुर्खेत नेपालगंज देखि आउने व्यक्ति निर्वाध रुपमा गाउँ प्रवेश गरिरहेका छन । होम आइसोलेसनका नाममा घरमा बसिरहेका छन । स्थानीयतहले बनाएका आइसोलेसनमा बस्न मानिरहेका छैनन् । ’ गाउँमा कोरोना संक्रमण बढिरहेको छ । स्थानीयतहका आइसोलेसन प्रयोगविहिन छन । चिकित्सक सहितको कोभिड अस्पताल हरेक स्थानीय तहमा सञ्चालनमा छन ।  

जनस्वास्थ्य सेवा कार्यालय जुम्ला देखि एन्टीजेन र पिसिआर परिक्षण गर्न जाँदा कोरोना जचाउन मान्दैनन् । कतिपय युवाहरु गाउँमा कोरोना जाँच गर्छन् भनेर जडिबुटी कोर्न जंगल तिर जाने गरेको स्थानीय बताउँछन ।  

गाउँमा रोपाइ चलेको छ । चोपाइ भइरहेको छ । गोडमेल भइरहेको छ । सरकारी विकास भइरहेको छ । न निषेधाज्ञा पालना गरिएको छ, नत स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नै’, सन्देशले भने, ‘गाउँमा केबल लापरबाही बढिरहेको छ । कोरोनाको उच्च जोखिममा गाउँ नै छ । ’

कोरोना संक्रमण भएर बिरामी भएको अवस्थामा नजिकै स्वास्थ्य संस्था हुदैनन् । स्वास्थ्य संस्था भएपनि औषधि उपचार हुने अवस्था छैन । बिरामी भए सिंधै बजार ल्याउनुको विकल्प छैन । तर गाउँमा एम्बुलेन्स पुग्ने बाटो छैन । त्यहीत्यही लापरबाही छ ।  

स्थानीयले गाउँका जनप्रतिनिधिलाई टेर्दैनन् । स्थानीय सरकारले सचेत गरेको बेला वास्ता गर्दैनन् । प्रहरी नपुग्दा सम्म ग्रामीण क्षेत्रका बजार पनि खुलै हुन्छन । प्रहरी पुगेर बन्द गर्न सिट्टी बजाएपछि मात्र बजार बन्द हुन्छन् । ग्रामीण बजारमा स्वास्थ्य सुरक्षाको कुनै पनि पालना हुदैन् ।  

सदरमुकाम खलंगा आसपासमा भने निकै कडा छ । स्थानीयले प्रशासनले तोकेको समयमा बाहेक अरु बेला बजार खुल्न पाउँदैनन् । स्वास्थ्यकर्मी र कर्मचारी बाहेक अन्यले आवतजावत गर्न पाउँदैनन् । चौकचौकमा प्रहरी परिचालन गरिएको छ । ’

स्थानीय बीरबहादुर थापाले भने,‘बजारमा निकै कडा छ । तर गाँउमा निकै लापरबाही । गाउँ सहरमा एकनासको निषेधाज्ञा भएको खण्डमा मात्र कोरोना संक्रमण रोक्न सकिएला । जिल्ला प्रशासन कार्यालय जुम्लाले लगातार तेस्रो पटक निषेधाज्ञा जारी गरेको छ ।  

औषधि पसलबाहेक सबै सेवा ठप्प गर्न आदेश दिएको छ । सदरमुकाम खलंगामा निषेधाज्ञाको पालना राम्रै भएको छ । तर गाउँमा बेहाल नै छ ।  

जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक अनुसार हाल सम्म जुम्लामा ४ सय ९६ जना संक्रमित छन । २५७ जना निको भएर घर फर्किएका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३६ जनाको उपचार भइराखेको छ ।  जुम्ला बाहिरका तीन जना र जुम्लाका दुई जना गरेर पाँच जनाको मृत्यु भइसकेको छ ।  

प्रकाशित: २३ जेष्ठ २०७८ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App