१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बारपाकमा थप एकजनाको मृत्यु

गोरखाको बारपाकमा गएराती पनि अन्दाजी ८२ वर्षीया एक महिलाको मृत्यु भएको छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकी ती महिलाको उपचारका लागि सदरमुकामस्थित अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको स्थानीय जीतबहादुर घलेले बताए।  

केहीदिनअघि उनकी छोरीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो। ती वृद्धाको भने कोरोना परीक्षण भएको थिएन। यो सँगै बारपामा जेठ लागे यता मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृतक सबैमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको स्थानीयले बताएका छन्। 

अधिकांश गाउँलेमा ज्वरो, रुघाखोकी रहेको स्थानीयले बताएका छन्। एक हजार भन्दाबढि स्थानीयमा रुघाखोकी र ज्वरोको समस्या रहेको बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ। 

प्रकाशित: १४ जेष्ठ २०७८ ०५:३३ शुक्रबार

गोरखाको बारपाक