६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गोली लागेर घाईते भएका माओवादी केन्द्रका नेताको मृत्यु

गोली लागेर घाईते भएका माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ। गत जेठ ५ गते राति उनीमाथि २ वटा गोली प्रहार भएको थियो। उनको उपचारकोक्रममा काठमाडौं स्थित शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए।  

भैरहवा स्थित युनिभर्सल मेडकल केलजमा उपचार गराईरहेको पाण्डेलाई सोमवार साँझ हेलीकफ्टरमार्फत शिक्षण अस्पताल लगीएको थियो। घटनाको आरोपमा जनता समाजबादी पार्टीका प्रदेश संयोजक ओम प्रकाश यादव र साकिर अली पखिया पक्राउ परी सकेका छन भने एक जना अभियुक्र फरार छन्। 

तौलिहवा– जितपुर सडक खण्ड अन्तर्गत चाउ चाउ उद्योग नजिक नेता दीपक पाण्डेसहित २ जनामाथि गोली प्रहार गरिएको थिायो। ३ जना सवार भई मोटरसाईकलमा आएका अज्ञात समुहले गत जेठ ५ गते ११ बजे राति उनीमाथि गोली प्रहार गरी फरार भएका थिए।  

जर्लैहिया खोलाबाट तौलिहवा तर्फ लु ९ प ८५२१ नम्बरको एउटै  मोटरसाईकलमा घाईते दिपक पाण्डे, भारतीय नागरिक ईयाज अख्तर मुसलमान र  मोहोम्द ईसाद खान आउदै गर्दा उनीहरुमाथि गोली प्रहार भएको हो। व्यक्तिगत रिसिबिका कारण घटना भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ११ जेष्ठ २०७८ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App