९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश १ मा एक हजार ३९ संक्रमित थपिए

प्रदेश १ मा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश का विभिन्न ल्यावमा शुक्रबार २ हजार ५ सय ८६ जनाको स्वाब परीक्षण गर्दा १ हजार ३९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  

मोरङमा ३ सय ३०, झापामा २ सय ४२, सुनसरीमा १ सय ७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, तेर्‍हथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १ सय ५३, रंगेलीमा ४२, सुन्दरहरैचामा ३७, रतुवामाईमा २२, उर्लाबारीमा १९, बेलबारीमा ११, पथरीशनिश्चरे र कानेपोखरीमा १०–१०, बुढीगंगामा ७, ग्रामथान र कटहरीमा४–४, जहदामा ३, मिक्लाजुङ र सुनबर्षीमा २–२, धनपालथान, केराबारी, लेटाङ र स्थानीय तह नखुलेका१–१ जनाको पोजेटिभ रिपोर्ट आएको छ । 

झापाको विर्तामोडमा ४४, भद्रपुरमा ४३, दमकमा ३४, अर्जुनधारा र मेचीनगरमा २५–२५, कनकाईमा १८, कमलगाउँपालिका र स्थानीय तह नखुलेका १०–१०, बुद्धशान्तिमा ९, हल्दिबारीमा ७, शिवसताक्षी र कचनकवलमा ५–५, बार्‍हदशीमा ३, गौरादह र झापा गाउँपालिकामा २–२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । सुनसरीको धरानमा ६३, इटहरीमा ३७, देवानगञ्जमा २३, इनरुवामा १९, दुहवीमा १०, रामधुनीमा ७, बराहक्षेत्रमा ४, गढी र बर्जुमा ३–३, हरिनगर र कोशी गाउँपालिकामा २–२ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

त्यसैगरि इलामको इलाम नगरपाकिलामा २१, माइ जोगमाईमा १५, रोङमा १३, सुर्योदयमा १० र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४३, पाथीभरा याङवरकमा ७, स्थानीय तह नखुलेका १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ३२, पाँचथरको फिदिममा २४, हिलिहाङ र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना पोजेटिभ देखिएको छ । तेर्‍हथुमको म्याङलुङमा २५, आठराईमा २, धनकुटाको धनकुटा नगरपालिकामा ९, शहिदभूमी, पाख्रीवास, छथर र स्थानीय तह नखुलेका १–१, संखुवासभाको चैनपुरमा ७ र खाँदबारीमा २, उदयपुरको त्रियुगामा ४, उदयपुर गढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिका, साल्पासिलिछो र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४९ हजार ५ सय ८० पुगेको छ । संक्रमित भएकामध्ये ३२ हजार ९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ३६ पुगेको छ ।

प्रकाशित: ७ जेष्ठ २०७८ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App