५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बुटवलको व्यापारिक भवन सिंह कप्लेक्समा आगलागी

बुटवलको अमरपथमा रहेको व्यापारिक भवन सिहं कप्लेक्समा आगलागी भएको छ। गएराती भएको आगलागीबाट कम्पलेक्सको चौंथो र तेश्रो तलामा पूर्ण क्षति पुगेको छ।  

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरीएपनि एकीन कारण पत्ता लागि नसकेको प्रहरीले जनाएको छ। गएराती साढे १ बजे आगलागी सुरु भएको थियो। बुटवल उपमहानगरको दमकलले डेढ घण्टामा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।  

आगलागीबाट साढे ३ करोडको क्षति भएको कम्प्लेक्सका संचालक महेशमान सिंंहले बताए। आगलागीबाट तेश्रो र चौथो तलामा रहेको लाबि फुडकोर्ड, होटल रेष्टुरेन्ट तथा अन्य व्यापारिक पसल र तीनमा भएका सामान जलेर नष्ट भएका छन्। त्यहाँ रहेको भ्यु सिनेमा हलमा पनि क्षति पुगेको छ।

प्रकाशित: ६ जेष्ठ २०७८ १०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App