५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बढी भाडा लिई ठगी गर्ने तीन जना पक्राउ

प्रहरीले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले छड्के चेकजाँच गर्ने क्रममा बढी भाडा लिई ठगी गर्ने तीनजनालाई शुक्रबार पक्राउ गरेको हो।

उपत्यकामा जारी निषेधाज्ञा पश्चात वैदेशिक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक भई उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र कोटेश्वरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

उनका अनुसार कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने वर्ष ३४ का राम सुरेल पक्राउ परेका छन् ।

काठमाडौंदेखि पूर्व झापा मोरङ्ग जाने यात्रुहरुसँग जनही तीन हजारदेखि पैतालिस सयसम्म भाडा लिने ईन्द्रेणी हाईसको काउण्टर र प्रदेश ३–०१–००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

पक्राउ परेका सुरेललाई बृत्त गौशाला र अन्य दुई जनालाई आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वरमा पठाइएको छ।

प्रकाशित: २४ वैशाख २०७८ ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App