२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

'सर्वसाधारणमा अपिल' भन्दै गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण

सरकारले ‘सर्वसाधारणमा अपिल’ भन्दै गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्ति दिएकोप्रति मानवअधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको छ’ भन्ने अभिव्यक्तिप्रति शान्ति समाज आपत्ति जनाएको हो।

सरकारको उक्त अभिव्यक्तिले त्रासमा रहेका नागरिकमा मनोवैज्ञानिक भय र हतासा सृजना गरेको बताउँदै समाजले महाबिपत्तिको समयमा सरकारले निर्वाह गर्नुपर्ने न्युनतम दायित्वबाट एकातिर सरकार च्युत भएको समेत जनाएको छ।

समाजले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सरकार बिहिनताको झल्को दिने गरी आएको त्यस्तो अभिव्यक्ति दुखद एवं दुर्भाग्यपूर्ण छ।’

समाजले विश्वव्यापी महाबिपत्तिको रुपमा रहेको कोभिड संक्रमणको सामना गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग र सहकार्य आदानप्रदान गर्न जरुरी रहेकोमा जोड दिँदै संकटबाट मुक्तिका लागि राष्ट्रिय सहमति कायम गर्दै सम्पूर्ण साधन, स्रोत परिचालन र सामथ्र्यको प्रदर्शन गर्न सरकार लगायत सम्वद्ध सबैलाई शान्ति समाजले आग्रह समेत गरेको छ।

प्रकाशित: १८ वैशाख २०७८ ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App