स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँ घुससहित पक्राउ परेका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, जोनका प्रमुख खाँ घुस माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा पक्राउमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
उनलाई दाँते ओखरको बिरुवा उत्पादन गरेबापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घुस मागेको अभियोगमा आयोगको कार्यालय सुर्खेतबाट गएको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
कृषकबाट प्रमुख खाँले २५ हजार रुपैयाँ लिइसकेको अवस्थामा कार्यकक्षबाट नियन्त्रणमा लिइएको सम्बन्धमा अनुसन्धान पनि नभइरहेको अख्तियारले स्पष्ट पारेको छ।
प्रकाशित: १५ वैशाख २०७८ ०९:१३ बुधबार