८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

खोटाङका थप एक जनालाई कोरोना संक्रमण

खोटाङका थप एक जनालाई कोभिड–१९ को संक्रमण पुष्टी भएको छ । प्रदेश १ मा आइतबार १२२ जनालाई कोरोना संक्रमण पुष्टी हुँदा खोटेहाङ गाउँपालिकाका अर्का एक जनालाई संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितको नाम र ठेगाना खुलाइएको छैन । खोटेहाङ गाउँपालिका ठेगाना भइ हाल तराईमा बसोबास गरिरहेका व्यक्तीलाई कोरोना संक्रमण भएको पुष्टी अनुमान गरिएको छ । गत बैसाख ७ गते पनि जिल्ला बाहिर बसोबास गरिरहेका खोटेहाङ गाउँपालिकाका एक जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।  

आइतबार पीसीआर परीक्षण गर्दा प्रदेश नम्बर १ का मोरङमा ८४ जना, सुनसरीमा १५ जना, झापामा ५ जना, संखुवासभामा ४ जना, धनकुटा, इलाम, पाँचथर र ताप्लेजुङमा १/१ जना र प्रदेश बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ४४४ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् । १ हजार १० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १२ वैशाख २०७८ १४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App