७ वैशाख २०८१ शुक्रबार
समाज

फरार अभियुक्त नौ वर्षपछि पक्राउ

चोरी मुद्दामा फरार रहेका एक जना अभियुक्त नौ वर्षपछि बिहीबार विराटनगरमा पक्राउ परेका छन्।

चोरीको घटनामा अदालतले दोषी ठहर गरी कैद र जरिवानाको फैसला सुनाएका विराटनगर–२ स्थति दुर्गा चोकका २८ वर्षीय कुलदीप रायलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। अदालतले सुनाएको फैसला अनुसार कैद र जरिवान भुक्तान नगरी नौ वर्षदेखि फरार रहेका रायलाई पक्राउ गरेको एसपी खड्काले बताए।  

लामो समयदेखि फरार रहेका कारण खोजी जारी राखिएको र विशेष सूचनाका आधारमा रायलाई गरिएको प्रहरीले जनाएको छ। चोरी मुद्दामा रायलाई २०६९ असोज २३ गते मोरङ जिल्ला अदालतले १ महिना १५ दिन कैद र ३९ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

अदालतले दोषी ठहर गरी फैसला गरेको कैद सजाय र जरिवाना भुक्तान नगरी फरार भएका थिए। पक्राउ परेका रायलाई अदालतमा पेस गरेसँगै अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०७८ १०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App