महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी भारतको सितामढीबाट उद्वार गरिएको छ।
मङ्गलबार दिउँसो घाँस काट्न गएको र सम्पर्क बाहिर रहेका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी भारतको सीतामढीमा रहेको सुचना आधारमा नेपाल प्रहरीले उद्वार गरेको महोत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यले बताए।
उद्वार गरिएकाहरुमा धर्मपुरका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान रहेका छन्।
उनीहरूलाई कसैले अपहरण गरेको हो वा आफैँ कतै जान लागेको हो भन्ने विषयमा अहिले केही पनि नखुलेको प्रहरीले जनाएको छ।
प्रकाशित: १८ चैत्र २०७७ ०६:२३ बुधबार