१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

गाडीको ठक्करबाट रौतहटमा एकको मृत्यु

गाडीले ठक्कर दिएर रौतहटमा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। आइतवार राति करिब साढे दश बजेतिर रौतहको चन्द्रपुर नगरपालिका १ बागमतीस्थित पूर्वपश्चिम राजमार्गमा नारायणघाटबाट काँकडभिटा जानको लागि सुनसरी बराहा नगरपालिका ८ का युवराज आचार्यले चलाएको गाडीले ठक्कर लागेर रौतहटका एकजनाको मृत्यु भएको हो।  

आचार्यले चलाएको ग १ ख ६४४७ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आएको प्रदेश नम्बर २ – ३–११ प ७८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिँदा चालक चन्द्रपुर १ डाँडाटोलका  ३४ वर्षीय खिलबहादुर लुगेली र २७ वर्षीय जयबाहदुर दर्लामी घाइते भएका थिए। घाइते दुवैलाई प्रहरीले उद्धार गरी चन्द्रपुर अस्पतालमा उपचारको लागि पठाएको थियो। घाइते दुवैमध्ये खिलबहादुर लुगेलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। गम्भीर घाइते दर्लामीको उपचार भइरहेको प्रहरीको भनाइ छ।

 

प्रकाशित: ९ चैत्र २०७७ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App