१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

ट्राफिक व्यवस्थापनमा बागलुङ उत्कृष्ट

उत्कृष्ट हुने ट्राफिक कार्यालय बागलुङलाई नगदसहित सम्मान गर्दै गण्डकी प्रदेश ट्राफिक कार्यालय पोखराका प्रमुख प्रभुप्रसाद ढकाल । तस्बिरः नागरिक

ट्राफिक व्यवस्थापनमा गण्डकीका ११ जिल्लामध्ये बागलुङ उत्कृष्ट ठहरिएको छ । ट्राफिक ब्यबस्थापन, दुर्घटना न्यूनिकरण लगायतमा बागलुङ जिल्ला गण्डकी प्रदेशमा उत्कृष्ट ठहरिएको हो । गण्डकी प्रदेश ट्राफिक कार्यालयले अन्तर एकाई कार्य सम्पादन मूल्याङ्कनमा बागलुङलाई उत्कृष्ट ठह¥याएको हो । सो मूल्याङ्कनमा स्याङ्जा जिल्ला दोश्रो हुन सफल भएको छ ।

गण्डकी प्रदेश ट्राफिक कार्यालयले यहि फागुन महिनादेखि कार्य सम्पादनका आधारमा अन्तर एकाई कार्यसम्पादन मूल्याङ्कन गर्ने जनाएको थियो । मासिक रुपमा हुने मूल्याङ्कनमा प्रथम र द्वितीय हुनेलाई उत्कृष्ट घोषणा गर्दै नगदसहित सम्मान गर्ने बताएको थियो । पहिलो महिना फागुनमा बागलुङ प्रथम र स्याङ्जा दोश्रो भएको गण्डकी प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।

कार्य सम्पादन मूल्याङ्कनमा प्रथम र द्वितीय हुने जिल्ला ट्राफिक कार्यालयका प्रमुख र सम्बन्धित कार्यालय प्रमुखले उत्कृष्ट ठह¥याएको २ जना ट्राफिक प्रहरीलाई नगदसहित सम्मान गरिने गण्डकी प्रदेश ट्राफिक कार्यालय पोखराका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार फागुन महिनामा उत्कृष्ट हुने बागलुङ र स्याङ्जा जिल्ला ट्राफिक कार्यालयलाई बुधबार एक कार्यक्रम गरी सम्मान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकाललगायतले सम्मान गरेका थिए ।

प्रकाशित: ४ चैत्र २०७७ १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App