प्रहरीले साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित चारजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले उनीहरुलाई बौद्धबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा नारायणसिंह तामाङ, प्रकाश चौहान, मनोज न्यौपाने र जानुका तामाङ रहेका छन्। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।
एआईजी हरिबहादुर पालले नेपालमा पहिलो पटक युरेनियम बरामद भएको पत्रकार सम्मेलनमा बताए।
प्रकाशित: २८ फाल्गुन २०७७ १०:१२ शुक्रबार