५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

विद्यालयमै बलात्कृत

गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छिन्। विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ। विद्यालय छुट्टी भएर घर जाने बेला ती बालकले बालिकालाई शौचालयमा जबरजस्ती करणी गरेको घटनाको गोरखा प्रहरीले अनुसन्धान गरिरहेको छ। यही माघ २१ मा घटना भएको हो। २२ गते बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छन्।  

‘बालिकाकी आमाले फोन गरेपछि हामीलाई घटनाबारे थाहा भयो’, विद्यालयका प्रधानाध्यापकले नागरिकसँग भने। बालिकाको स्वास्थ्य अवस्थाले उनी बलात्कृत भएको आफूले थाहा पाएको बालिकाकी आमाले प्रहरीसमक्ष बताएकी छन्। बालिकाको गोरखा अस्पतालमा स्वास्थ्य जाँच गरिएको र अवस्था अहिले सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। प्रहरीले बलात्कार आरोपमा पक्राउ बालकलाई जबरजस्ती करणी अभियोगमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए। ‘हामीले अनुसन्धान गरिरहेका छौं, पीडित र पीडक दुवै कम उमेरका रहेकाले घटना संवेदनशील छ।’

प्रकाशित: २६ माघ २०७७ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App