१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खप्तड घुमाउन ‘हेली टूर’, खर्च कति ?

भूस्वर्गका रुपमा चिनिएको खप्तड घुम्नका लागि ‘हेली टूर’ गरिने भएको छ। माघ १४ गतेदेखि १८ गतेसम्म विशेष प्याकेज ल्याएर खप्तड हेली टूर गराउन लागिएको हो।   खप्तड होमस्टे झिक्राना डोटीको आयोजनामा दिपायलबाट खप्तडको त्रिवेणीमा हेली टूर गरिन थालिएको हो। कोभिड–१९ ले थला परेको पर्यटकीय क्षेत्रलाई थोरै भएपनि चलायमान गराउन ‘खप्तड हेली टूर’ अभियान थालिएको खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताए। उनका अनुसार माघ १४ देखि १८ गतेसम्म हुने खप्तड हेली टूरमार्फत ३ सय जना आन्तरिक पर्यटकलाई खप्तड घुमाउने लक्ष्य रहेको छ।      

खप्तड भ्रमणका लागि स्थलमार्गमार्फत् जान नसक्ने यात्रुका लागि एकै दिनमा खप्तड घुमेर फर्कने व्यवस्थासहित हेली टूर आयोजना गरिएको उनले बताए। पैदल र सडक मार्ग हुँदै खप्तड जाने अवस्था नभएपछि खप्तड होमस्टे झिग्रानाले हेलिकप्टरमार्फत् खप्तड पुगाउने र त्यहाँ घुमाउने प्याकेज ल्याइएको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै होमस्टेका सञ्चालक खड्काले बताए।      उनले भने,‘हामीले पाँच दिनमा तीन सय पर्यटकलाई खप्तड पुर्याजउने योजना बनाएका छौँ।’ खप्तड घुम्नका लागि होमस्टेले दिपायल–खप्तड–दिपायल प्रतिव्यक्ति १० हजार, झिग्राना–खप्तड–झिग्राना प्रतिव्यक्ति ८ हजार र सञ्चारकर्मीका लागि प्रतिव्यक्ति ७ हजार, धनगढी–खप्तड–धनगढी प्रतिव्यक्ति ३० हजार खर्च लाग्ने बताइएको छ। यस्तै धनगढी–दिपायल हवाई जहाज र दिपायल–खप्तड हेलिकप्टर भ्रमणका लागि २१ हजार ५ सय, धनगढी–दिपायल स्थलमार्ग र दिपायल खप्तड हेलिकप्टर भ्रमणका लागि १५ हजार रुपैयाँ प्रतिव्यक्ति खर्च लाग्ने बताइएको छ।      

 

 

प्रकाशित: ५ माघ २०७७ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App