बागमती प्रदेशमा ५२८ जनाका लागि सरकारी जागिरको अवसर आएको छ।
प्रदेश लोकसेवा आयोगले प्राविधिकतर्फ २ सय ४७, अप्राविधिक समूहमा १ सय २८ र स्वास्थ्य सेवामा १ सय ५३ कर्मचारी माग गरेको हो।
प्रदेशका ४ मन्त्रालय र ६२ पालिकाका लागि आवश्यक कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ।
प्रकाशित: १४ पुस २०७७ ०८:०० मंगलबार