२८ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकाको यातायातमा लागू जोर-बिजोर प्रणाली शुक्रबारदेखि हटाइने

भोलि (पुस ३ गते) देखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर÷बिजोर प्रणाली हटाइने भएको छ।  

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गरी शुक्रबारबाट जोर÷बिजोर प्रणाली हटाइने जानकारी दिएको हो।  

जोर बिजोर नम्बरका आधारमा सवारीसाधन सञ्चालन गर्दा यात्रुको चाप बढी भएर कोरोना संक्रमणको जोखिम झन् बढ्ने भएकाले उक्त प्रणाली अन्त्य गर्न लागिएको सूचनामा उल्लेख छ।

भीडभाड बढी नहोस् भनेर गत असोजदेखि काठमाडौं उपत्यकाका सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरिएको थियो।  

तर काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको बैठक बसेर यो शुक्रबारदेखि यो प्रणाली हटाउने निर्णय गरेका हुन्। 

प्रकाशित: २ पुस २०७७ १०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App