२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

घोरेपानीका होटल खुल्दै, जाने होइन त ट्रेकिङ ?

म्याग्दी जिल्लाको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६,घोरेपानीका होटल पुस १ गतेदेखि खुल्ने भएका छन्। कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम बढ्दै गएपछि ९ महिनादेखि बन्द भएका होटल तथा रेष्टुरेन्टहरु आवश्यक सुरक्षा मापदण्ड अपनाई संचालनको तयारीमा ब्यवसायी जुटेका छन्। घरायसी रुपमा चलाइएका बाहेक अन्य होटलका मजदुर समेत होटलमा फर्किन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि खुल्ला गर्ने निर्णय भएको पर्यटन ब्यवसायी टेकसर बुदुजा पुनले बताए।  

‘जनस्वास्थ्यका सबै मापदण्डको प्रयोग हुन्छ,‘अब पर्यटकलाई स्वागत गर्न आतुर छौ’ पुनले भने। उनका अनुसार घोरेपानी तथा आसपासका क्षेत्रमा रहेका होटल ब्यवसायीले लामो समयसम्म बन्द हुँदा थप संकटमा पर्ने भएकाले नेपाल सरकारले तोकेको नियम अनुसार सबै मापदण्डको पालना गरिने बताए। चिसो मौसममा पर्यटकको आगमन न्यून हुने भएपनि हिमपातमा रमाउन  आन्तरिक पर्यटकहरुको चाप बढ्ने पर्यटन ब्यवसायीको अनुमान छ।  

लामो दूरीका सवारीसाधन, आन्तरिक तथा बाह्य हवाइ उडानमा यात्रुको चहलपहल हुन थालेपछि पर्यटन ब्यवसायपनि चलायमान हुन थालेको छ। कोरोनाको महामारी नसकिएको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले पर्यटकमार्फत कोरोना भित्रन सक्ने कारण देखाउँदै गाउँपालिकाभित्रका पर्यटकीयस्थलमा आवतजावतमा रोक लगाएको थियो। यसअगाडि घोरेपानीमा भित्रिएका दुई चिनियाँ पर्यटकलाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको थियो। घोरेपानीको होटल खुलेसँगै अन्नपूर्णका सबै पर्यटकीयस्थलका होटल खोल्न समेत गाउँपालिकालाई दवाव परेको छ।

समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलबाट मनोरम हिमश्रृखला, सुर्योदयको अवलोकनका साथै मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पती यहाँको प्रमुख आर्कषण मानिन्छन्।  जिल्लामा भित्रिने पर्यटकको कुल संख्या मध्ये घोरेपानीमा ६० देखी ७५ प्रतिशत पर्यटक अन्नपुर्ण पदमार्ग अन्र्तरगत घोरपानी, पुनहिलमा पुग्ने गरेका छन्। कास्कीको पोखरा–नयाँपुल,घान्दु्रक, म्याग्दी सदरमुकाम वेनी–तातोपानी, घारा, शिख हुदै र नागी–महरेडाँडा, पोखरेबगर–पाँउद्धार शिख लगाएत नयाँ पदमार्गबाट समेत घोरेपानीमा पुग्छन्।

 

 

 

 

प्रकाशित: २९ मंसिर २०७७ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App