१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भरुवा बन्दुक पड्केर वनरक्षकको निधन

उदयपुरमा बुधबार राति भरुवा बन्दुक पड्केर एक वनरक्षकको निधन भएको छ। वन गस्तीमा रहेको अवस्थामा बन्दुक पड्केर बेलका नगरपालिका–१ तपेश्वरीस्थित सवडिभिजन वन कार्यालयका वनरक्षक ४० वर्षीय लेखनाथ वास्तोलाको निधन भएको प्रहरीले जनाएको छ। 

बुधबार गस्ती गएको टोलीले स्थानीय भुलभुले सामुदायिक वन उपभोक्ता समूह क्षेत्रबाट तस्करले छाडेको अवस्थामा एउटा भरुवा बन्दुक फेला पारेर ल्याउँदै गर्दा एक्कासी पड्केर उनको मृत्यु भएको डिभिजन वन कार्यालय उदयपुरलाई उदृत गर्दै प्रहरीले जनाएको छ। 

वनरक्षक वास्तोलाको स्थायी घर सुनसरीको दुहवीमा रहेको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत अम्बिकाप्रसाद पौडेलले बताए। अवधै काठको चोरी तस्करी तथा वन्यजन्तुको चोरी सिकारी हुने गरेको खबर प्राप्त भएपछि वनरक्षक वास्तोला गस्तीमा गएको उनले बताए।

प्रकाशित: १९ मंसिर २०७७ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App