२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

थप १७ सय ९० जनालाई कोरोना संक्रमण, २४ को मृत्यु

पछिल्लो २४ घन्टामा थप १ हजार ७९० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार २४ घन्टामा २४ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ।  

हाल देशभर कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ रहेको छ।

यस्तै, पछिल्लो २४ घन्टामा २ हजार ७९१ जना कोरोना मुक्त भएका छन्। यो सँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ रहेको छ।  

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ भने ६२७ जना क्वारेन्टिनमा रहेका छन्।  

प्रकाशित: ९ मंसिर २०७७ १०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App