७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कलङ्कीमा ट्रक दुर्घटना, तीनको मृत्यु

काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  अर्का दुई जना घाइते भएका छन्।     बिहान करिब ३:२५ बजेको समयमा रोकिराखेको बा३ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नंको अर्को ट्रकले ठक्कर दिँदा उक्त घटना भएको हो।      

उक्त घटनामा परी कुखुरा बोक्ने ट्रकमा सवार नुवाकोटका २४ वर्षीय रोशन तामाङ, २७ वर्षीय भूपेन्द्र तामाङ र ३७ वर्षीय माधव घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।      

दुर्घटनापछि गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कलङ्की लगिएकामा उपचारका क्रममा ४:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।      

उनका अनुसार नुवाकोटकै २१ वर्षका रोहन तामाङ र २४ वर्षका विजय तामाङ घाइते भएका छन्।  उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ।  ट्रक सहचालकले चलाएको जानकारीमा आएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। रासस

 

प्रकाशित: २७ कार्तिक २०७७ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App