८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भारतको गुणगाउँमा महिला साथीको हत्या गरेर एक नेपाली फरार

भारतको गुणगाउँमा एक नेपालीले सँगै बस्ने महिला साथीको हत्या गरेका छन्। भारतबाट प्रकाशित हुने इन्डिया ट्रिब्यूनका अनुसार अशोक विहार क्षेत्रमा बस्ने भरत भनेर चिनिने सागर थापा नामका व्यक्तिले ४१ वर्षिया नैना सुनुवारको हत्या गरेर ब्ल्याङकेटमा पोको पारेर भागेका थिए। नैना पश्चिम बंगाल क्षेत्रकी भएको प्रहरीले बताएको छ।  थापाका विरुद्ध सेक्टर ५ प्रहरी स्टेसनमा एफआईआर दर्ता भएको छ। थापाको नेपालको ठेगानाबारे भने प्रहरीले खुलाएको छैन।

उनी अशोक विहार क्षेत्रमा एक प्रहरी अधिकारीको घरमा पहिलो तलामा बस्ने गर्थे। उनी करिव एक महिना अघि त्यहाँ डेरा सरेका थिए। थापा एक हप्तादेखि घरमा आएका थिएनन् भने उनको कोठा बन्द रहेको थियो। कोठाबाट गन्ध आउन थालेपछि घरवेटीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ताल्चा फुटाएर उनको कोठमा तालासी लिँदा ब्लाङकेटमा बेरिएको अवस्थामा शव फेला परेको हो। उनको घाँटीमा समेत कपडा बेरिएको अवस्थामा शव फेला परेको थियो। पहिले नैनाको हत्या गरेर ब्ल्याङकेटमा बेरिएको देखिएको प्रहरीले जनाएको छ।

थापाका विरुद्ध सेक्सन ३०२ (हत्या), २०१ (प्रमाण लुकाएको) आरोपमा उजुरी दर्ता गरिएको छ। मृतक महिलाको अन्तिम संस्कारका लागि उनका आफन्तको खोजी भइरहेको प्रहरीले बताएको छ। थापा फरार रहेको र उनको खोजी भइरहेको प्रहरी अधिकारी देवी चरनले बताएका छन्।    

 

 

प्रकाशित: २६ कार्तिक २०७७ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App