कोरोना संक्रमित ६ सय जना आइतबार डिस्चार्ज हुँदा प्रदेश १ मा २ सय १९ जना संक्रमित थपिएका छन्। प्रदेशको मोरङमा १ सय ३, सुनसरीमा ४८, झापामा ३३, तेह्रथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ तथा प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको विराटनगरमा ४८, सुन्दरहरैंचामा १५, पथरीशनिश्चरेमा ८, रतुवामाईमा ७, रंगेलीमा ६, उर्लाबारी र कानेपोखरीमा ४–४, जहदा, बुढीगंगा र बेलबारीमा ३–३, ग्रामथानमा १ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
सुनसरीको इटहरीमा ३३, इनरुवामा ४, रामधुनीमा ३, देवानगञ्ज, धरान र कोसी गाउँपालिकामा २–२, दुहबी र गढीमा १–१, झापाको गौरादह र कमल गाउँपालिकामा १२–१२, दमकमा ४, गौरीगञ्ज, कचनकवल, अर्जुनधारा, मेचीनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
तेह्रथुमको म्याङ्लुङमा ८, उदयपुरको चौदण्डीगढीमा ३, त्रियुगामा २ र बेलकामा १, इलामको इलाम नगरपालिका र फाकफोकथुममा १–१, संखुवासभाको पाँचखपन र खाँदबारीमा १–१, पाँचथरको मिक्लाजुङ, भोजपुरको षडानन्द, खोटाङको खोटेहाङमा१–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या २१ हजार ८ सय ८४ पुगेको छ।
प्रदेशको विभिन्न आइसोलेसनमा रहेको ६ सय जना डिस्चार्ज भएका छन्। होमआइसोलेसनबाट ५ सय ९५ र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार १ सय ७३ पुगेको छ।
प्रदेशमा आइतबार ९ सय ७६ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ७५ महिला र १ सय ४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ७० हजार ९ सय ५१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
प्रकाशित: २३ कार्तिक २०७७ १४:०६ आइतबार