१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश १ मा ५ सय २७ डिस्चार्ज, ४ सय ९८ जनामा संक्रमण

४ सय ९८ जना कोरोना संक्रमित प्रदेश १ मा शनिबार थपिँदा ५ सय २७ जना डिस्चार्ज भएका छन्। मोरङमा २ सय २, सुनसरीमा १ सय ३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्बु, संखुवासभा र तेह्रथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय १७ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ४६ महिला र ७१ पुरुष छन्। मोरङको सुन्दरहरैँचा र बुढीगंगामा १३–१३, बेलबारीमा १२, पथरीशनिश्चरेमा ११, रंगेलीमा ६, उर्लाबारी र कटहरीमा ४–४, सुनबर्षी, रतुवामाई, कानेपोखरी र ग्रामथानमा ३–३, मिक्लाजुङमा २, केराबारी, लेटाङ र जहदामा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ।  

सुनसरीको इटहरीमा ६३, धरानमा ४२, इनरुवामा १०, दुहबीमा ७, बराहक्षेत्रमा ३, गढी, बर्जु, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र कोसी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

झापाको दमकमा २८, विर्तामोडमा २०, भद्रपुर र कमल गाउँपालिकामा ८–८, कनकाईमा ७, मेचीनगरमा ४, गौरादहमा ३, शिवसताक्षी र बुद्धशान्तिमा २–२, अर्जुनधारा र बाह्रदशीमा १–१ र स्थानीय तह नखुलेका ८, खोटाङको दिप्रङ चुईचुम्मा १२, बराहपोखरी, दिक्तेल रूपाकोट मझुवागढी, जन्तेढुंगा र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ११, कटारीमा ३ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा ४, सूर्योदय, माईजोगमाई, देउमाई र रोङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, पाँचथरमा २, सोलुखुम्बुको सोलुदूधकुण्डमा २, संखुवासभाको मादी र खाँदबारीमा १–१, तेह्रथुमको म्याङ्लुङ र आठराईमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ६ सय १५ पुगेको छ।

प्रदेशको विभिन्न आइसोलेसनबाट ५ सय २७ जना डिस्चार्ज भएका छन्। होमआइसोलेसनबाट ५ सय २४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५ सय ६७ पुगेको छ।

प्रदेशमा शनिबार २ हजार ६ सय ७५ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १ सय ९८ महिला र ३ सय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ६९ हजार ९ सय ९५ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०७७ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App