९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

दुई कोरोना संक्रमितको विराटनगरमा मृत्यु

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट पछिल्लो २४ घण्टमा विराटनगरका अस्पतालमा उपचाररत २ जना वृद्ध पुरुषको मृत्यु भएको छ।  

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत एक वृद्ध र विराटनगरकै कोसी अस्पताल केभिड १९ उपचार केन्द्रमा एक वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।  

विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रले जनाएको छ। कात्तिक ७ गते कोरोना पुष्टि भएसँगै उपचारका लागि कोसीमा भर्नाको र उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।  

झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा आइतबार साँझमा मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ। बिरामी भई अस्पतालमा भर्ना भएको र गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

यससँगै प्रदेश १ मा कोरोना भाइरस संक्रमणबाट ५५ महिला र १ सय ३४ पुरुष गरी १ सय ८९ जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०७७ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App