१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

गोरखामा १२ जुवाडे पक्राउ

गोरखा नगरपालिका ४ पन्थेश्वाँराबाट गएराती १२ जना जुवाडे पक्राउ परेका छन्। एक लाख ४६ हजार रुपैयाँ नगदसहित कौडा खेलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले बताए।  

कृष्णबहादुर खनखवासको घरमा कौडा खेलिरहेको अवस्थामा ३९ वटा कौडा पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। चाडबाड नजिकिएसँगै जुवा तास खेल्ने, खेलाउने गतिविधि बढेपछि प्रहरीले निग्रानी बढाएको जनाएको छ।

 ‘संगठित रुपमा जुवा खेल्ने खेलाउने गरेको गुनासोेपछि त्यस्ता समुहको खोजी गरिहेका छौँ’ एसपी गुरुङले भने। दशैँ तिहार छठ लगायत चाडपर्वलाई लक्षित गरी प्रहरीले विषेश सुरक्षा योजना समेत लागु गरेको छ।

प्रकाशित: ३ कार्तिक २०७७ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App