१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वडाध्यक्षले गुपचुपमै भान्जीलाई शिक्षिका नियुक्त गरेको आरोप

कपिलवस्तुको मायादेबी गाउपालिका– ८ का वडाध्यक्ष कृष्णनारायण तिवारीले गुपचुपमा आफनै भान्जीलाई शिक्षिकामा नियुक्त गरेका छन्। साबिक बिजुवा गाउपालिकास्थित राष्ट्रिय निमावि जीग्नीहवामा सो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका तिवारीले भान्जी चन्द्रकला तिवारीलाई प्रावि करारमा नियुक्त गरेका हुन्। गुपचुपमा प्रकृया मिलाएर सुद्धोदन गाउपालिका– ६ कपासीकी चन्द्रकलालाई शिक्षक बनाएको स्थानीय राम बिलास कोहारले आरोप लगाए।  

शिक्षक आवश्यक्ताको सार्वजनिक सूचना वडा कार्यालय, गाउपालिका, शिक्षा समन्वय ईकाई कार्यालय लगायतमा टास्नु पर्ने प्रावधान छ। यस्तै पत्रिकामा समेत सूचना निकाल्नु पर्छ। गएको शनिवार असोज २४ गते जिल्ला शिक्षा समन्वय कार्यालय कपिलस्तुमा लिखित परीक्षाका दिन मात्र सो स्चना बिहान टासिएको कोहारले बताए। शिक्षक आवश्यक्ता सम्बन्धी सूचना निस्केको भन्ने सुने पनि आफू वडा कार्यालय, गाउपालिका र शिक्षा समन्वय कार्यालय पटक पटक जाँदा सूचना नदेखेको उनले बताए। ‘ सो बिद्यालयका प्रअ राम बिलास कोरी, वडाध्यक्ष तिवारी र अन्य शिक्षकसंग शिक्षक आवश्यक्ताको सूचाना बारे सोध्दा कसैले केही बताएनन् ’ उनले भने ‘ भित्र भित्रै सूचना गुपचुप र गायब पारेर कागनी प्रकृया मिलाएर वडाध्यक्षले आफनै भान्जीलाई शिक्षक बनाएका छन्’ उनले भने।

उनका अनुसार परीक्षा बारे जानकारी भएको भए थ्ुप्रैले आबेदन दिने थिए। तर प्रकृया मिलाउनका लागि केवल ३ जनाको मात्र आबेदन दिएको देखाइएको छ। चन्द्रकला तिवारी, शिव दयाल यादव र गंगाराम लोहारले मात्र सो पदमा आबेदन दिएका थिए। गत असोज २४ गते जिल्ला शिक्षा समन्वय ईंकाईको कार्यालयमा ओपचारिकताका लागि मौखिक र लिखित परीक्षा लिइएको थियो।  सोही दिन नजिता पनि प्रकाशन गरिएको थियो। मायादेबी गाउपालिकाका स्थानीय अगुवा फैजल खाले आफै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भएको बिद्यालयमा आफनै भान्जीलाई शिक्षक बनाउन परीक्षाको नाठक रचिाएको आरोप लगाए।

‘ मैले पनि शिक्षक आवश्यक्ताको सूचना प्रअ र वडाध्यक्षसंग माग्दा पाइन ’ उनले भने।  गुपचुपमा गरिएको शिक्षक नियुक्तीको परीक्षा रद्द गरिनु पर्ने भन्र्द आफूहरुले शिक्षा समन्वय ईकाई र गाउपालिकामा समेत निबेदन दिएको बताए। उनले सो परीक्षा रद्ध गरी नयाँ प्रकुया अनुसार शिषक निय्क्त गर्नु पर्ने माग गरे। उता वडाध्यक्ष तिवारीले गत असोज १ गते नै वडा कार्यालय, गाउपालिका र शिक्षा समन्वय ईकाईको कार्यालयमा सूचना टास गरिएको दाबी गरे। यसतै पत्रिकामा समेत सूचाना प्रकाशित गरेको र सबै प्रकृया अपनाएर योग्य ब्यक्तिलाई नै शिक्षकमा नियुक्त गरिएको उनले बताए। ‘ सबै प्रकया अपनाएर शिक्षक नियु्क्त गरका छौं ’ उनले भने। उता प्रअ रामदेब कोरीले शिक्षक नियुक्ती गुपचुप नभै प्रकृया कै आधारमा गरिएको दाबी गरे।

प्रकाशित: २७ आश्विन २०७७ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App