९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठानमा ३ जना कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।  मृत्यु हुनेमा धरान र धनकुटाकी २ जना महिला छन् भने एक जना सुनसरीको दुहबीका पुरुष छन्। प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान ८ की ६२ बर्षीया वृद्धा महिलाको हिजो राती ८ बजे मृत्यु भएको थियो। उनलाई असोज २१ गते संक्रमण पुष्टि भएको थियो भने २२ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

यसैगरि, सुनसरीको दुहबीका ६५ बर्षीय वृद्धको आज बिहान ३ बजेर ५० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको छ। उनलाई असोज १४ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो। त्यसको भोलीपल्ट असोज १५ गते उनलाई कोभिड पुष्टि भएको प्रतिष्ठानले जनाएको छ। उनलाई पनि थियो।  

धनकुटाकी ६१ बर्षीय वृद्धाको पनि आज बिहान ६ बजेर ४० मिनेटमा निधन भएको प्रतिष्ठानले जानकारी दिएको छ। उनलाई असोज १६ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो भने २० गते संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ। सहप्रवक्ता डा.श्रेष्ठका अनुसार मृतक तीनै जनालाई विभिन्न किसिमका दीर्घ रोग थियो। उनीहरुको शवलाई नियम अनुसार व्यवस्थापन गर्ने काम भइरहेको श्रेष्ठले बताएका छन्।

प्रकाशित: २५ आश्विन २०७७ ०६:०५ आइतबार

कोरोना संक्रमित