१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विराटनगर र धरानका दुई संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमित विराटनगरका एक वृद्ध र धरानका एक युवकको बिहीबार बिहान मृत्यु भएको छ। विराटनगरका संक्रमित वृद्धको होम आइसोलेसनमै र धरानका युवकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।  

८२ वर्षीय विराटनगर–५ का वृद्धको बिहान साढे छ बजेतिर घरमै मृत्यु भएको महानगरले जनाएको छ। ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएका वृद्धको असोज १७ गते स्वाब पिसिआर परीक्षणका लागि पठाइएको र १९ गते पोजेटिभ रिपोर्ट आएको थियो। पोजेटिभ रिपोर्ट आएसँगै होम आइसोलेसनमै राखिएका वृद्धको बुधबार रातिबाट स्वास्थ्यमा थप समस्या देखिएको थियो।

त्यसैगरी धरान–१० का ३९ वर्षीय पुरुषको बिहीबार बिहान साढे चार बजेतिर उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको हो।  

मृतक पुरुषलाई असोज १२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या आएपछि १३ गते प्रष्ठिानमा भर्ना गरी उपचार थालेको र यसैक्रममा बिहीबार उनको मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।  

यससँगै प्रदेश १ मा हालसम्म २३ महिला र ६६ पुरुष गरी  ८९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

 

प्रकाशित: २२ आश्विन २०७७ ०६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App