६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोले घर च्यापिदा एकै घरका दुई बच्चाको मृत्यु

पहिरो गएको घर । तस्बिर: नागरिक

पुर्बि रोल्पाको लुङग्री गाउँपालिका १ ऐपेमा गए राति १२ बजेतिर घरगोठ माथिबाट ढुंगा सहितको पहिरो आउदा दुई बच्चाको मृत्यु भएको छ । ठुलो बर्षात पछि पहिरो घरगोठ माथि झरेको वडा अध्यक्ष मोति पुनले बताए । पहिरोले गोठमा सुतिरहेका दुई बालकको मृत्यु भएको हो ।  

मृत्यु हुनेमा स्थानिय ज्ञान सिह घर्तीमगरका ११ बर्षिय छोरा युबराज घर्ती र ८ बर्षिय छोरा अमर घर्ती छोरा रहेका छन् । प्रहरीका अनुसार हजुरबुवा, हजुरआमा र आमा सहित पाँच जना सुतेका मध्य ३ जनाको अबस्था सामान्य रहेको छ । मृतक बालकका बुवा ६÷७ बर्ष अगाडी मजदुरी गर्न भारत गएको आज सम्म कुनै खबर नरहेको वडा अध्यक्ष पुनले बताए ।  

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी निरिक्षक सहदेब डागि सहितको टोली घटना स्थल तर्फ पठाईएको रोल्पा प्रहरी प्रमुख डिएसपि नबराज सुवेदीले बताए । उनका अनुसार अन्य क्षतिको बिस्तृत बिबरण आउन बाकि छ ।

मृतक बालक

प्रकाशित: २७ भाद्र २०७७ ०२:१४ शनिबार

पहिरो बच्चाको मृत्यु