२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङको तेल्लोकमा पहिरोले पावर हाउस पुर्‍यो,२ कर्मचारी बेपत्ता

गएरातिबाट परेको अबिरल बर्षाका कारण खसेको पहिरोले ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ४ तेल्लोकमा रहेको नागदेवा जलबिद्युत आयोजनाको पावरहाउस परेको छ भने त्यहाँ कार्यरत २ जना कर्मचारी बेपत्ता भएका छन्। आयोजनाको पावरहाउस माथिबाट झरेको पहिरोले पुर्दा पावरहाउसमा काम गर्ने तेल्लोकका ३० बर्षिय राजु लिम्बू र ५५ बर्षियबिष्णुदास थेबे बेपत्ता भएका छन्।

पहिरो बारेको जानकारी प्रहरीलाई अहिले बिहान ६ बजे प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय तल्लोकका प्रहरी निरीक्षक अर्जुन पोखरेलको कमाण्डमा प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। अहिले प्रहरी र स्थानीय समुदायको सहकार्यमा पुरिएको स्थलमामा उद्धार कार्य जारी रहेको र बेपत्ताको खोजी भईरहेको समेत श्रेष्ठले बताए।

प्रकाशित: २२ भाद्र २०७७ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App