८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

मत्स्येन्द्रनाथको रथ तान्न निस्किएको भिडद्वारा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट

ड्युटीमा खटिएका प्रहरी जवानमाथि ललितपुरमा निर्घात कुटपिट भएको छ। रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय युवाबीच झडप भएको थियो। पुल्चोकमा मोटरसाइकलमा हिँडिरहेका ट्राफिक प्रहरी कमलप्रसाद घिमिरेमाथि भिडले निर्घात कुटपिट गरेको हो। उनी महागनरीय ट्रफिक प्रहरी प्रभाग मंगलबजारबाट ड्युटीमा खटिएका थिए। उनी बिहानैदेखि पाटनमा ड्युटीमा खटिएका थिए। उनीमाथि कुटपिट भएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ। भिडले उनीमाथि कुटपिट गर्दै मोटरसाइकल लडाउँछ। भिडबाट भाग्दै गरेका उनलाई अर्को समूहले समातेर फेरि कुटपिट गर्छ भने उनको सवारी साधनसमेत तोडफोड गर्छ।  

घाइते अवस्थामा उद्दार गरिएका घिमिरेको अलका अस्पतालमा उपचार भइएको छ। उनको टाउको र हातमा चोट लागेको छ। महामारीको समयमा ड्यूटीमा खटिएका जवानमाथि आक्रमण गर्नेहरुको खोजी भइरहेको ट्राफिक महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए।  

‘ड्यूटीमा खटिएको जवानमाथि निर्घात कुटपिट भएको छ। अहिले अनुसन्धन भइरहेको छ। चाँडै कानुनी दायरामा ल्याएर कारबाही गरिने छ’, उनले भने।  

आक्रोशित भीडले प्रहरीमाथि ढुंगा समेत प्रहार गरेको थियो। स्थिति सामान्य बनाउन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो।

 

प्रकाशित: १८ भाद्र २०७७ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App