५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बागलुङको ढोरपाटनमा भीषण बाढीः चार जनाको शव भेटियो (अपडेट)

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ बोबाङमा अविरल वर्षाका कारण भिषण पहिरो जाँदा २५ घर बगाएको छ भने १५ जना बढी बेपत्ता भएका छन्। ढोरपाटन नगरपालिका–९ को भूँजीखोलामामा बुधबार राती अन्दाजी १२ बजे आएको बाढीले कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना र भुसुन्डेमा ३ जना सम्पर्कविहिन रहेको स्थानीय जीवन पुनले बताए। ‘घटनास्थलको अवस्था डरलाग्दो छ,‘स्थानीय उद्धारमा खटिएका छन्’ पुनले भने। उनका अनुसार बाढीले लाकुरीबोटमा ११ घर, दुनेपधेरामा ५ भर, घट्टबोटमा ८ घर र भुसुन्डेमा १ घर बगाएको छ।

यस्तै बाढीले सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको छ। बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले ४ जनाको शव भेटिए पनि पहिचानमा समस्या भएको बताए। ‘बेपत्ताको संख्या बढ्ने अनुमान गरिएको छ,‘प्रहरीको टोली घटनास्थलको एक छेउमा पुगेको छ’ रेग्मीले भने। घटनास्थल ठूलो भएकाले प्रहरी सबै क्षेत्रमा पुगिनसेकको अवस्थामा घटनाको बास्तविक अझै आइनसकेको बताए।

‘भेटिएका लासको अवस्था देख्दा बाढीले धेरै मानवीय क्षती पुगेको अनुमान गरिएको छ,‘उद्धार र खोजीमा सक्रिय भएका छौ’ प्रनाउ रेग्मीले भने। बाढीले बगाएको एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।  

यस्तै ढोरपाटन घुम्न गएका गलकोटका एकजना व्यक्ति समेत बेपत्ता भएको स्थानीयले बताएका छन्।भूजिखोलामा पहिरोले थुनिदा खोला बढेर आएको खबर भएसँगै ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगीठे बजार र खाल, खार, खर्वाङसम्म नदी तटमा रहेका बस्तिमा उच्च सतर्कता अपनाउन अपिल गरिएको छ। 

ठूलो क्षति पु-याएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीको नेतृत्वमा प्रहरी टोली राती २ बजे नै घटनास्थल तर्फ लागेको थियो। यस्तै उद्दारको लागि प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली बागलुङ बजारबाट घटनास्थल लागेका छन्। प्रदेश र संघीय सरकारबाट समेत टोली घटनास्थलमा जाने तयारी भइरहेको जनाइएको छ।

प्रकाशित: १८ भाद्र २०७७ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App