२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कालिकोटमा पहिरोले पाँच घर बगायो, एकको मृत्यु

कालिकोटको तिलागुफा नगरपालिका–१ को नाग्म बजारमा पहिरोले घर पुर्दा एकको मृत्यु भएको छ। दुई जनाको प्रहरीले उद्दार गरेको छ । आइतबार विहान साढे सात बजेतिर ३० मिटर माथिबाट आएको पहिरोले पाँच घर पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। ‘दुई जनाको जिवितै उद्दार गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारा लागि पठाएका छौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिएसपी श्यामबाबु ओलियाले भने, ‘एक जना मृत भेटिएका छन्।’

प्रहरीका अनुसार पाँच वर्षीय निराजन शाही मृत फेला परेका हुन्। पहिरोले घर पुर्दा कति जना बेपत्ता भए भन्ने खुलेको छैन्। स्थानीयका अनुसार पहिरोले पुरिएका घरमा विहानको खाजा र चिया पिउनका लागि ग्राहकहरु पनि आएका थिए। घटनास्थलमा कालिकोट र जुम्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले उद्दार गरिरहेका छन्।

 

प्रकाशित: १४ भाद्र २०७७ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App