कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका वाड नम्बर १ का ५० वार्षिय शिवकुमार कोहारको मृत्यु भएको भएको छ । भदौ ५ गते उनलाई उपचारको लागि बुटवल लगिएको थियो । उपचार कै क्रममा बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको बिरामी थिए । यस संगै कपिलवस्तुमा कोरोनाबाट ३ जनाको मृत्यु भाइसकेको छ ।
प्रकाशित: ११ भाद्र २०७७ ०२:३४ बिहीबार