९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरका भैंसी चोरेर सिरहामा बेच्ने गिरोहका ३ जना पक्राउ

उदयपुरका भैंसी चोरेर सिराहामा बेच्ने गिरोहका ३ जना पक्राउ परेका छन्। त्रियुगा नगरपालिका ६ जलजलेका प्रेमप्रसाद भट्टराई र उमेश भट्टराईको घर गोठबाट हराएका २ वटा भैंसी चोरीको आरोपमा ११ दिनपछि सप्तरीका १ र सिराहाका २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

भट्टराई दाजुभाइको भैंसी गत साउन २७ गते गोठबाटै हराएको थियो। भैंसी हराएको सूचनासहित प्रहरी गुहारेपछि अनुसन्धानमा खटेको टोलीले सप्तरी खडक नगरपालिका २ स्थायी घर भई त्रियुगा ६ जलजलेमै बसेर गाई भैंसी किनबेचको व्यवसाय गर्दै आएका २८ वर्षीय तफेजुल अन्सारी र सिराहा महेसपुरपतार नगरपालिका २ स्थायी घर भएका ३० वर्षी इनुश भन्ने मोहम्मद कुदुस मिलामार्फत भैंसी चोरी भएको खुलेको हो।  

अनुसन्धान अनुसार स १० प ७१८१ नं. को मोटरसाईकलमा घट्नास्थल पुगेका उनीहरुले भट्टराई जादुभाइको भैंसी खोलेर सिराहा गोलबजार नगरपालिकाका ३४ वर्षीय चन्देश्वर साहलाई ना १ ज २३४० नं. को पिकअप गाडीमार्फत गोलबजार पु¥याएको खुलेको छ। प्रहरीले दुवै भैंसी, चोरीमा प्रयोग भएका मोटरसाईल र पिकअप भ्यानसहित तीनैजनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको जनाएको छ।  

उनीहरु तीनैजनामाथि घरपालुवा जनावर चोरी मुद्धा अन्तरगत कारबाही गर्नेगरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन्।  

अवैध गाँजासहित ४ पक्राउ

उदयपुरको बेलका नगरपालिका ८ कोठुबाट अवैध गाँजासहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अवैध गाँजा ओसारपसार भईरहेको भन्ने गोप्य सुराकीका आधारमा खटेको टोलीले कोठु प्रहरी चौकीको सहयोगमा बेलका ८ का ४९ वषीृय भुपाल राईको घरबाट ७ किलो गाँजासहित व्यक्तिलाई पक्राउ गरेको हो।  

प्रहरी गाँजासँगै घरधनी राई, सोही ठाउँका २८ वर्षीय रोशन राई, बेलका ९ का २३ वर्षीय कृष्णबहादुर राई र सोही ठाउँका १९ वर्षीय अशोक राईलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीले गाँजासँगै २३ हजार ५ सय नगदसमेत बरामद गरेको जनाएको छ।  

शुक्रबार विहान ११ः०० बजे पक्राउ गाँजा र चारैजनालाई इलाका प्रहरी कार्यालय रामपुर ल्याई थप अनुसन्धान सुरु भएको छ। नगदसहित गाँजा भेटिनुले किनबेचको कारोबार भईरहेका बेला उनीहरु पक्राउ परेको हुनसक्ने आँकलन प्रहरीले गरेको छ। 

प्रकाशित: ६ भाद्र २०७७ ०६:२४ शनिबार

पक्राउ