९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

बैतडीमा हाइस दुर्घटनाः सात जना घाइते

दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका–६ लामाखेतमा हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

घाइते हुनेहरुमा गाडी साहु डडेल्धुरा अमरगढी नगरपालिका–७ का शेरबहादुर शाह र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का २५ वर्षीया बिस्ना जोशी सोही ठाउँका ४२ वर्षीया लक्ष्मी जोशी, ४२ वर्षीय पल्लभ जोशी, ३९ वर्षीय नवराज जोशी, ३९ वर्षीय जयदेव जोशी घाइते भएका छन् । घाइतेमध्ये गाडी साहु र बिस्नाको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ । उनीहरुलाई उपचारको लागि कोहलपुर रेफर गरिएको छ ।

अन्य घाइतेहरुको पाटन प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको बा३ख ९११७ नम्बरको हाइस बुधबार राती दुर्घटनामा परेको हो । १७ जना सवार हाइस सडकबाट २० मिटर तल खसेको छ । हाइसका चालक धिर्कबहादुर खडायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित: ४ भाद्र २०७७ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App