२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कर्णालीमा थप ८ जनामा कोरोना

कर्णालीमा शनिबार थप आठ जना कोरोना संक्रमित थपिएका छन्। सुर्खेतका पाँच र दैलेखका तीन जनामा कोरोना संक्रमण देखिएको हो।

सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मा एक, १० नम्बर वडामा एक महिलासहित तीन र १२ नम्बर वडामा एक जनालाई कोरोना देखिएको छ। 

त्यस्तै दैलेखको भैरवी गाउँपालिका–२ मा एक र दुल्लु नगरपालिका–१ का दुई जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पतालमा स्वाब परीक्षण गरिएको थियो।

योसँगै कर्णालीमा दुई हजार ६५ जनामा कोरोना संक्रमण देखिएको छ। साथै कर्णालीमा पछिल्लो २४ घण्टामा पाँच जना उपचारपछि घर फर्किएका छन्। योसँगै कर्णालीमा उपचारपछि डिस्चार्ज हुनेको संख्या एक हजार नौ सय १३ पुगेको छ।

प्रकाशित: ३१ श्रावण २०७७ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App