९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सर्पको टोकाइबाट एकको मृत्यु, एक घाइते

सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराज नगरपालिका– १६  बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।  

घर नजिकै डुलिरहेका अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो। उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पु¥याइएको थियो। थप उपचारका लागि धरान लगिने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका– ३ स्थित नर्घोमा आज बिहान सर्पको टोकाइबाट एक किशोरी सिकिस्त भएकी छिन्। स्थानीय विन्देश्वर शर्माको २३ वर्षीय छोरी राधा शर्मालाई विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ।  

गाईगोठमा काम गरिरहेका अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो। उनको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

प्रकाशित: २४ श्रावण २०७७ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App