१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चिकित्सक संघको चेतावनी : जुनसुकै बेला भयावह स्थिति आउन सक्छ

नेपाल चिकित्सक संघले जुनसुकै बेला भयावह स्थिति आउन सक्ने भन्दै आवश्यक गृहकार्यका लागि सरकारलाई सुझाव दिएको छ। संघले एक विज्ञप्ति जारी गर्दै नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधीहरु लगायत कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आइसियू बेडहरु र जनरल बेडहरुको संख्या बृद्धि गर्न भनेको छ।  

संक्रमण दिन प्रतिदिन बढ्दै गएको र कोभिड डेडिकेटेड अस्पतालहरुमा छुट्टयाइएका बेडहरुको समेत अभाव हुने भएकोले निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई समेत कोरोनाको उपचारमा संलग्न गराउन संघले आग्रह गरेको छ।  

स्वास्थ्य संस्थामा सामान्य बिरामीहरुको समेत भिडभाड बढदै गएकोले स्वास्थ्य संस्थामा हुने भीडलाई कम गर्नका लागि पूर्वनिर्धारित समय लिने व्यवस्थालाई कडाईका साथ लागू गर्नु पर्ने, स्वास्थ्य संस्थाहरुको कोभिड–१९ सम्बन्धी आन्तरिक निर्देशिकाहरु बनाई स्वास्थ्य संस्था संचालन गर्नु पर्ने संघको आग्रह छ।

यस्तै स्वास्थ्यकर्मी तथा चिकित्सकहरु दिन प्रतिदिन संक्रमित हुने दर वृद्धि हुँदै गएकोले उनीहरुको  सुरक्षाका निम्ती आवश्यक सुरक्षाका सामग्रीहरु सहज रुपमा उपलब्ध गराउनु पर्ने, संक्रमण रोकथाम सम्बन्धी तालिमहरु दिनुपर्ने र संक्रमित भएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुका लागि छुट्टै अस्पताल तथा उपचारको व्यवस्था गरिनु पर्ने संघको माग छ।  

सरकारले घोषणा गरेको जोखिम भत्ता वितरणमा स्वास्थ्यकर्मीलाई विभेदीकरण गरेको भन्दै संघले समान रुपमा भत्ता वितरण गर्न तथा कोभिड बिमा अनिवार्य रुपमा लागू गरी उच्चमनोबलका साथ सुरक्षित भई काम गर्ने वातावरण बनाउन भनेको छ। समुदाय तथा कार्यस्थलमा कोभिड रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न पनि संघले सरकारलाई आग्रह गरेको छ।  

 

 

 

 

 

प्रकाशित: २३ श्रावण २०७७ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App