७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना संक्रमण बढेपछि बाँकेमा ३ दिन कर्फ्यु लगाउने तयारी

बाँके जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि तीन दिन जिल्लाभर पूर्ण रूपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । समुदायस्तरमा कोरोना संक्रमणको जोखिम अत्यधिक भएसँगै प्रशासनले निषेधाज्ञा जारी गर्ने भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

नेपालगन्जमा समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा कर्मचारीसहित २७ जनामा संक्रमण देखिएपछि निषेधाज्ञा जारी गर्ने तयारी गरिएको हो । 

गत आइतबार कन्टयाक्ट ट्रेसिङ गरी आन्तरिक राजश्व कार्यालयबाट ६८, त्रिभुवनचोकको मिठाइ पसल आसपासबाट ११५ र यातायात व्यवस्था कार्यालय क्षेत्रबाट २८ जनाको स्वाब परीक्षण गर्दा आन्तरिक राजश्व कार्यालयका थप ११ कर्मचारीसहित नेपालगन्जका २७ जनामा बिहीबार कोरोना पुष्टि भएको छ ।  

प्रकाशित: १५ श्रावण २०७७ ११:३१ बिहीबार

बाँके निषेधाज्ञा